You are viewing the translated version of प्रतिवेदन पेस गर्नु पर्ने.

Section 34
प्रतिवेदन पेस गर्नु पर्ने
(१) निरीक्षण अधिकृतले प्रत्येक वर्षको भदौ पन्ध्र गतेभित्र अघिल्लो आर्थिक वर्षमा ऐन तथा यस नियमावली बमोजिम आफूले सम्पादन /गरेका कामकारबाहीको सम्बन्धमा देहायका विषय समावेश गरी वार्षिक प्रतिवेदन तयार गरी मन्त्रालयमा पठाउनु पर्नेछ:-
(क) ऐन तथा यस नियमावलीको कार्यान्वयनको अवस्था,
(ख) अंनुगमन तथा निरीक्षणको क्रममा भए गरेका कार्यको प्रगति विवरण,
(ग): उजुरी, अनुसन्धान तथा मुद्दा दायरीको विवरण,
(घ) सेवा प्रवाहको स्थिति र सुधारका विषय,
(ङ) ऐन तथा यो नियमावली कार्यान्वयनलाई प्रभावकारी बनाउन सेवाग्राहीको चासो, सरोकार र सुझाव,
(च) आफूलाई तोकेको कार्यक्षेत्रमा खाद्य सञ्चितिको अवस्था,
(छ) खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको अवस्था ।
(२) निरीक्षण अधिकृतले उपनियम (१) बमोजिमको प्रतिवेदनको जानकारी स्थानीय खाद्य समन्वय समिति र सम्बन्धित प्रदेश खाच् परिषद्लाई समेत गराउनु पर्नेछ।